काठमाडौं– नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालले कम्युनिस्टहरु कहिलै राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेविसंघ मैयादेवी कलेज, चितवनले भारतीय बिस्तारवादको बिरुद्धको बिरोध प्रदर्सनको कार्यक्रममा बोल्दै उनले २०१६ सालमा सगरमाथा नेपाल र चिन कता पर्छ भन्ने बिवाद भइरहेको सन्दर्भमा, नेपालको संसदमा सगरमाथा चिनको भुभागमा पर्छ भन्ने कुरा उठाउने कम्युनिस्ट नेता तुलसीलाल अमात्यको घटनालाई स्मरण गराउँदै कम्युनिस्टहरु कहिल्यै राष्ट्रवादी हुन सक्दैनन भनेर ठोकुवा गरेका हुन।
नेपालको भुभाग लिपुलेकमा भारतिय सेनाले क्याम्प खडा गरि बाटो बनाइ सक्दा समेत कम्युनिस्ट प्रधानमन्त्री केपि ओलि मौन बस्नुले यो कुराको प्रमाणित गरेको उनको भनाइ छ।
निवर्तमान उपाध्यक्ष रिजालले २०१६ सालमा चीन भ्रमण रहेको बेलामा नेपालका तत्कालीन प्रधानमन्त्री बिपि कोइरालाले कम्युनिस्ट नेता माओत्सेतुङ र प्रधानमन्त्री चाउएनलाइको अगाडि हिम्मतका साथ सगरमाथा नेपालको हो भनेर प्रमाणित गर्दै स्थापित गरेको प्रसङ्ग कोटाउदै नेपालमा अहिले विपि कोइराला जस्तै हिम्मतदार र राष्ट्रवादी नेता चाहिएको आवस्यकता रहेको बताए। उनले भने, ‘नेपाल हाम्रो आमा हो। आमाको अस्मिता लुटिदा हामी चुप लाएर बस्न सकेनौं। त्यसैले लकडाउनको बेलापनी हामी बिरोध प्रदर्सन गर्न बाध्य भएका हौं।ू नेपालले यो कुरा बेलैमा उठाएन भने प्रधानमन्त्री ओलिलाइ जनताले छोड्ने छैनन् ।’
कोरोना भाइरसको महामारिको कारण मुलुक लकडाउन भएको अवस्थामा समाजिक दुरि कायम गर्दै भरतपुरको चौबिसकोठिमा गरिएको बिरोध प्रदर्शनमा आयोजक नेविसंघ मैयादेवी कन्या कलेजकी इकाई अध्यक्ष प्रनिशा गुरुङ, विद्यार्थी नेता प्रमेश्वर खनाल, कांग्रेस नेता करुण पोख्रेल लगायतले भारतिय बिस्तारवादको चर्को बिरोध गर्दै आफ्नो भनाइ राखेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।