आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु, पाँच नेपालीले गरे आत्महत्या

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु, पाँच नेपालीले गरे आत्महत्या

  • मिडिया डबली
  • आइतवार, बैशाख २८ २०७७

  • 8.8K
    SHARES

  • भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु, पाँच नेपालीले गरे आत्महत्या

    काठमाडौं–कोरोना भाइरसका कारण भारतमा एक नेपालीको मृत्यु भएको छ। पाल्पाको दारशिवाय घर भएका का ४५ वर्षीय दुर्गा थापाको उपचारको क्रममा मृत्यु भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

    मृतक थापा रोजगारीको सिलसिलामा हरियाणामा बस्दै आएका थिए। कोरोना संक्रमण देखिएपछि स्थानीय अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

    अहिलेसम्म भारतमा बस्दै आएका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। भारतमा संक्रमण पुष्टि भएका २८ नेपालीमध्ये १३ जना उपचारपछि निको भइसकेका छन्। बाँकी १४ जनाको उपचार भइरहेको दूतावासले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म २१ सय भन्दा धेरैको मृत्यु भइसकेको छ।

    यसैबीच कोरोना संक्रमण सुरु भएपछि भारतमा पाँच नेपालीले आत्महत्या गरेका छन्। दिल्ली र गुजरातमा गरी पाँच नेपालीले कोरोनाको त्रासको कारण आत्महत्या गरेका हुन्।

    सुर्खेत घर भइ गुजरात बस्दै आएका एकै परिवारका चार जनाले एक साता अघि आत्महत्या गरेका दूतावासले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख २८ २०७७०४:३३:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend