आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लिपुलेक सडकबारे गृहमन्त्री थापा र परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरूबाट घेरिने

लिपुलेक सडकबारे गृहमन्त्री थापा र परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरूबाट घेरिने

  • मिडिया डबली
  • शनिवार, बैशाख २७ २०७७

  • 6.3K
    SHARES

  • लिपुलेक सडकबारे गृहमन्त्री थापा र परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरूबाट घेरिने

    काठमाडौं – नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने क्षेत्रमा भारतले सडक निर्माण गरेपछि संसदीय समितिका सांसदहरूले सक्रिय भएका छन् ।

    सीमा अतिक्रमण गरेर सडक बनाइएको विषयमा छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बैठक आह्वान बोलाएका छन् ।

    दुवै समितिले आईतबार बिहान साढे ८ बजे सिंहदरवारमा बैठक बोलाएका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ सरकारी कर्मचारीलाई छलफलका लागि बोलाइएको छ ।

    यसअघि शनिबारै परराष्ट्र मन्त्रालयले भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएपछि नेपालले त्यसको विरोध गरिरहेको छ ।

    परराष्ट्र मन्त्रालयले शनिवार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै भारतीय कदमको विरोध गर्दै घटनालाई दुःखपूर्ण भनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:५२:२४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend