आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसद अपहरण काण्डमा मुछिएका महेश बस्नेतलाई बचाउन प्रहरीलाई नै दबाब !

सांसद अपहरण काण्डमा मुछिएका महेश बस्नेतलाई बचाउन प्रहरीलाई नै दबाब !

  • मिडिया डबली
  • शनिवार, बैशाख २७ २०७७

  • 7.1K
    SHARES

  • सांसद अपहरण काण्डमा मुछिएका महेश बस्नेतलाई बचाउन प्रहरीलाई नै दबाब !

    काठमाडौं – जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले दिएको अपहरणसम्बन्धी उजुरी जिल्ला सरकारी वकिल कार्यालयबाट प्रहरीमा पुगेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले जाहेरी दर्ता गरेर प्रारम्भिक अनुसन्धान सुरू गरेको छ ।

    गत बैशाख २२ गते जिल्ला सरकारी वकिल कार्यालयले अपहरणको जाहेरी दर्ता गरेको थियो । ४ दिनपछि शुक्रवार जाहेरी प्रहरीमा पुगेको हो । प्रहरीले लिन नमानेपछि सांसद डा. यादवले सरकारी वकिल कार्यालयमा जाहेरी दिएका थिए ।

    सांसद यादवले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसन) तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध किटानी जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयबाट आएको जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    स्रोतका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का समेत संकलन गरेको छ । शुक्रवार नै प्रहरी टोली होटल म्यारियट पुगेर मुचुल्का बनाएको छ । मुचुल्कामा कसूर भएको मिति र समय, कसुर भएको ठाउँको ठेगाना, विवरण र रेखाचित्र, सम्बन्धित ठाउँको वस्तुस्थिति तथा कसुर वा कसुरदारसँग त्यसको सम्बन्ध र कसुर भएको ठाउँ, त्यसवरपर देखिएको दसीप्रमाण र कसूरसँग सम्बन्धित अन्य उल्लेखनीय कुरा समावेश हुन्छन् ।

    घटनाको अनुसन्धान अधिकृत तोकिएका काठमाडौं परिसरका डीएसपी कृष्ण चन्द नेतृत्वको टोलीले सो विवरण संकलन गरेको छ ।

    फौजदारी अपराध (कार्यविधि) संहितामा प्रहरीले जाहेरी दर्ता गर्न नमाने सरकारी वकिल कार्यालयले दर्ता गरेर यथाशीघ्र प्रहरीमा पठाउनुपर्ने उल्लेख छ । सरकारी वकिल कार्यालयले पठाएको जाहेरी दर्ता गर्न प्रहरी बाध्यकारी हुन्छ । गत १४ वैशाखमा डा. यादवसहित जनता समाजवादीका नेताहरु जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं गएका थिए । तर महोत्तरीको कार्यक्षेत्र पर्ने भन्दै प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो ।

    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अब प्रहरीसँग २ वटा विकल्प छन् । पहिलो विकल्प भनेको प्रारम्भिक अनुसन्धान गरेर जाहेरी तामेलीमा राख्न सरकारी वकिल कार्यालयमा पठाउने । दोस्रो, विस्तृत अनुसन्धान गरेर मुद्दा चलाउन रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाउने ।

    स्रोतका अनुसार प्रहरीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेको छ । प्रभावशाली व्यक्ति विरुद्धको जाहेरी भएकाले त्यसलाई तामेलीमा राख्न प्रहरीमाथि दबाब छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:०५:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend