काठमाडौं – राजधानी काठमाडौंको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै प्रहरीमाथि कुटपिट गर्ने ४ जना चिनियाँ नागरिकविरुद्ध मुद्दा चलाउने तयारी भएको छ ।
लकडाउनका बेला घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।
चिनियाँको आक्रमणबाट डीएसपी हरिबहादुर बस्नेतको टाउकोमा चोट लागेको थियो भने अन्य प्रहरीमाथि हातपात गरेका थियो ।
प्रहरीमाथि हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को अभद्र व्यवहार कसूरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्रसिंह राठौरले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।