काठमाडौं – नेपालमा शुक्रबार कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ ।
नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ ।
यसैगरी कोशी अस्पतालबाट शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औं दिनमा र ३ जना १६ औं दिनमा डिस्चार्ज भएका हुन् । यससँगै निको हुनेको संख्या ३० जना पुगेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।