काठमाडौं – राजधानी काठमाडौंका विभिन्न क्षेत्रमा बस्ने चिनियाँहरू सिंहदरबार अगाडि भेला भएर नेपाल प्रहरीमाथि आक्रमण गरेका छन् ।
स्वदेश फर्किन पाउनुपर्ने मागसहित सिंहदरबार अगाडि प्रदर्शनमा उत्रेका चिनियाँलाई हटाउन खोज्दा प्रहरीमाथि आक्रमण भएको छ ।
लकडाउनका बेला आन्दोलनमा उत्रिएका चिनियाँ नागरिक र प्रहरीबीच झडप समेत भएको छ ।
झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेत घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।
लकडाउन र हवाई उडान बन्द भएपछि नेपालमा रोकिएका चिनियाँ नागरिकहरु प्रदर्शनका लागि सिंहदरबारको पश्चिम गेट भद्रकाली पुगेका थिए । चिनियाँले निषेधित क्षेत्र तोडेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
सिंहदरबार आसपासमा धर्ना तथा विरोध प्रदर्शन गर्न निषेध गरिएको छ । प्रहरीमाथि जाइलाग्ने ३८ जना चिनियाँलाई पक्राउ गरी नगर प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।