काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमबाट बच्नका लागि आगामी जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरेपनि कतिपय क्षेत्रमा लकडाउन खुकुलो पारेको छ ।
मन्त्रिपरिषद् बैठकले विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको छ । यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाइने भएको निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने जनाइएको छ ।
विकास आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुंगा, गिटी र बालुवा लगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ ।
न्यूनतम बैंकिङ तथा वित्तीय संस्था सञ्चालन गर्न केन्द्रीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर र प्रदेश स्तरीय कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँग आवश्यक समन्वय गरी सम्बन्धित जिल्लाको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्थाको मूल्यांकन गरी, स्वास्थ्य सुरक्षाको पालना गरी सामाजिक दूरी कायम गरी तोकिएका कार्य गर्न पाइने छ ।
हेर्नुस् यस्ता छन् मन्त्रिपरिषद्का निर्णय





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।