आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रम्पका सहयोगीलाई देखियो कोरोना संक्रमण, ह्वाइट हाउसमै त्रास !

ट्रम्पका सहयोगीलाई देखियो कोरोना संक्रमण, ह्वाइट हाउसमै त्रास !

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २६ २०७७

  • 5.7K
    SHARES

  • ट्रम्पका सहयोगीलाई देखियो कोरोना संक्रमण, ह्वाइट हाउसमै त्रास !

    काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ह्वाइट हाउसमा त्रास फैलिएको छ ।

    संक्रमण पुष्टि भएपछि अब ह्वाइट हाउसमा कारोना भाइरसको परीक्षणको दायरा बढाइने ट्रम्पले जानकारी दिएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति ट्रम्पका निकट सम्पर्कमा काम गर्ने एक सहयोगीमा कोरोना भाइरस देखिएपछि चेकजाँचमा कडाइ गर्ने निर्णय लिइएको हो । ट्रम्पले भने, ‘हालसम्म परीक्षण हप्तामा एक पटक हुन्थ्यो भने अब यो दैनिक हुनेछ ।’

    संक्रमित व्यक्तिबारे कुरा गर्दै ट्रम्पले भने, ‘मेरा ती व्यक्तिसँग निकै कम सम्पर्क थियो ।’ सीएनएनका अनुसार संक्रमित व्यक्ति ट्रम्पका एक निजी सेवक हुन् ।

    ट्रम्पले बुधवार र बिहीवार आफ्नो पनि कोरोना भाइरसको परीक्षण भएको बताएका छन् ।

    यसअघि पूर्व प्रेस सेक्रेटरी होगन गिडलेले ह्वाइट हाउसमा काम गर्ने यूएस मिलिट्रीका एक सदस्यको स्याम्पल पोजेटिभ देखिएको थियो ।

    अमेरिकामा कोरोना भाइरसको महामारी संसारभरमै सबैभन्दा बढी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:५५:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend