काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १०१ पुगेको छ ।
बिहीवार कपिलवस्तुका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा टेकुमा भएको परीक्षणमा २ जनामा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ ।
नेपालमा वीरगञ्ज, उदयपुर र नेपालगञ्ज संक्रमित बढी भेटिने क्षेत्र रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।