गुल्मी– गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए ।
सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले काटिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।
बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको थियो ।
मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला पर्छिन् ।
बुटवल मै डेरा गरि बस्ने मृतक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्रीका अनुसार विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा झुण्डिएका थिए।
रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आत्महत्या गरेका रहेछन् ।
मंगलबार उनीसंगै आत्महत्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको शव बुझेर लगेका छन् ।
बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अवैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए ।
हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ । उनकी श्रीमति र सन्तानको बिचल्ली हुने भएको उनले पीडा सुनाए ।
गीताको शव बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको शव बुझेर खड्का परिवारले तिनहुँखोलामा दाहसंस्कार गरेका छन ।
मलेशियामा रहेका मृतक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।