काठमाडौं– नेकपामा नयाँ लफडा जन्मिएको छ। बुधबार बसेको सचिवालय बैठकमा नयाँ लफडाको जन्म भएको हो। बैठकमा उपाध्यक्ष वामदेव फेरि एक सय असी डिग्री परिवर्तन भएका थिए।
आज बिहान ११ः३० बजेका लागि धुम्बाराहीमा बस्नेगरी तय भएको स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न आज बसेको सचिवालय बैठक अरु–अरु विषयतिर मोडिदै गएपछि उपाध्यक्ष गौतमले ‘एक व्यक्ति,एक पद’ को कुरा उठाएका थिए।
यो भनेको अहिलेको अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुने कुराको विरोध थियो ।
वामदेवले पूर्वसहमति कार्यान्वयन नगरी नयाँ–नयाँ विषयतिर लाग्नुको कुनै अर्थ नहुने भन्दै आपत्ति जनाएका थिए।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने विज्ञप्ति जारी गरेर स्थायी कमिटी बैठक स्थगनको पक्षमा थिए। कोरोनाबाहेकका कुरामा अहिले जानु बेकार हुने उनको भनाई थियो ।
एजेण्डा तय गर्नेमै समस्या भएपछि प्रधानमन्त्री अस्वस्थ्यताका नाममा बैठकबाट उठे।
मध्यस्थताका लागि काठमाडौंमै रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल बैठकलगत्तै प्रधानमन्त्रीको शयन कक्षमा छिरेका थिए।
प्रधानमन्त्रीले बैठक छाडेर हिंडेपछि कमिटीले गरेको निर्णय दुई अध्यक्षबाट काटिन पुगेको छ। स्थायी समितिको बैठक अनिश्चित कालसम्मका लागि रोकिएको छ । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।