आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जेठ ५ गतेसम्म बढ्यो लकडाउन, २ महिनासम्म नेपाली जनता घरभित्रै थुनिँदै

जेठ ५ गतेसम्म बढ्यो लकडाउन, २ महिनासम्म नेपाली जनता घरभित्रै थुनिँदै

  • मिडिया डबली
  • बुधवार, बैशाख २४ २०७७

  • 10.0K
    SHARES

  • जेठ ५ गतेसम्म बढ्यो लकडाउन, २ महिनासम्म नेपाली जनता घरभित्रै थुनिँदै

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार पाँचौं पटक थपिएको छ । यसरी नेपाली जनताले लगातार २ महिनासम्म घरभित्रै थुनिनुपर्ने अवस्था आएको छ ।

    जोखिम कम भएका क्षेत्रमा लकडाउन खुकुलो पार्नुपर्ने माग उठेपनि सरकारले सुनुवाइ गरेन । सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

    कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले चैत १८–२५, चैत २५–वैशाख ३, वैशाख ३–१५ र वैशाख १५–२५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढिरहेको छ ।

    सरकारी विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०७७०९:०८:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend