आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको ‘राजीनामा’ मुद्दा पुनः चर्किएपछि विद्या भण्डारीले थालिन् गोप्य चलखेल !

केपी ओलीको ‘राजीनामा’ मुद्दा पुनः चर्किएपछि विद्या भण्डारीले थालिन् गोप्य चलखेल !

  • मंगलवार, बैशाख २३ २०७७

  • 7.8K
    SHARES

  • काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मुद्दा पुनः चर्किने देखेपछि शितल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले चलखेल सुरू गरेको खुलासा भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मंगलबार राष्ट्रपति भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेकी छन् । राष्ट्रपति भवन शितल निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता पुनले प्रधानमन्त्री ओली नेतृत्वमा सरकारले ल्याएको अध्यादेशको मन्त्रिपरिषद् बैठकमै विरोध गरेका थिए । पुनले बैठक सकिएलगत्तै कार्यकारी अध्यक्ष प्रचण्डलाई अध्यादेशबारे खुमलटार पुगेर जानकारी दिएका थिए । नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको बहुमत पुगेपछि ओलीको राजीनामाको मुद्दा सेलाएपनि स्थायी कमिटीको बैठकमा फेरि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन लगाउनेबारे नेताहरूबीच छलफल भइरहेको बेला नेकपाकै २ जना प्रभावशाली नेताहरूलाई राष्ट्रपति भण्डारीले भेटेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । नेकपा सचिवालय सदस्यहरू विष्णु पौडेल र वामदेव गौतम वामदेवले भैंसेपाटी गठबन्धन तोड्दै प्रधानमन्त्री ओलीलाई साथ दिएपछि सचिवालयमा अल्पमतमा परेका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गरिरहेका छन् । नेकपा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय खनाल र नेपालले प्रवक्ता नारायणकाजी श्रेष्ठको निवासमा मंगलबार गोप्य छलफल गरेका थिए । नेकपाका वरिष्ठ नेता माधव नेपाल र प्रचण्ड निकट नेताहरूबीच स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्नेबारे छलफल भएसँगै राष्ट्रपति भण्डारी राजनीतिक परामर्शमा सक्रिय भएकी छन् । नेता पुनपछि राष्ट्रपति भण्डारीले मंगलबार नै प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री ओलीले मंगलबार पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग समेत छलफल गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २३ २०७७०४:५४:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend