आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बलपूर्वक हत्याइएको भूमिमा कुनै परिवर्तन नगर्न पाकिस्तानलाई भारतको कडा चेतावनी

बलपूर्वक हत्याइएको भूमिमा कुनै परिवर्तन नगर्न पाकिस्तानलाई भारतको कडा चेतावनी

  • मंगलवार, बैशाख २३ २०७७

  • 4.4K
    SHARES

  • नयाँदिल्ली – पाकिस्तान अधिकृत गिलगित–बालतिस्तानमा चुनाव गराउने फैसलाको भारतले कड़ा विरोध गरेको छ । केही दिनअघि पाकिस्तानको सर्वोच्च अदालतले गिलगित–बालतिस्तानमा आम चुनाव गराउनको निम्ति त्यहाँको केन्द्रिय कानूनमा आवश्यक संशोधन गर्न आदेश दिएको थियो । यसमा कड़ा प्रतिक्रिया व्यक्त गर्दै भारतले भनेको छ, ‘गिलगित–बालतिस्तान भारतको अभिन्न हिस्सा हो र पाकिस्तानले यसलाई खाली गर्नुपर्छ ।’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अवैध रुपमा बलपूर्वक हत्याइएको भारतको भूमिमाथि पाकिस्तान र त्यहाँको न्यायपालिकाको कुनै अधिकार छैन । यस्तो कुनै प्रकारको कारबाही जसबाट पाकिस्तान अधिकृत हिस्सामा कुनै पनि परिवर्तन आउँछ, भारतले त्यसलाई पूर्ण रुपले अस्वीकार गर्दछ ।’ पाकिस्तानले गत ७ दशकमा अधिकृत भूमिमा भइरहेको उल्लंघन र त्यहाँका मानिसहरुको स्वतन्त्रतामा भइरहेको हननलाई छद्म चुनाव गरेर नलुक्ने भारतको भनाई रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २३ २०७७०२:४६:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend