मंगलवार, बैशाख २३ २०७७
काठमाडौं–राष्ट्रिय खेलकुद परिषदका पुर्व कोषाध्यक्ष, करातेका पुर्ब अन्तर्राष्ट्रिय खेलाडी लगनखेल डोजोका संथापक मीन कृष्ण महर्जनले लकडाउनका कारण खान नपाउने र महालक्ष्मी मन्दिर र बटुक भैरब मन्दिर वरिपरि मगेर दिन गुजारा चलाउने बिपन्न परिवारहरुलाई दैनिक खाना खुवाइरहेका छन्।
उनको यो अभियानमा मकाउ बस्दै आएका उनका चेलाहरुले सहयोग गरेका छन्। उनका चेलाहरु करातेका पुर्व राष्ट्रिय खेलाडी लोकमान सिंह, निरन्जन बिक्रम भन्डारी, निराजन बिक्रम भन्डारीले अभियानलाई सहयोग गरेका हुन्। उनीहरुले अभियानलाई ४२ हजार सहयोग गरेका छन्। महर्जनको अभियान सराहनिय लागेर केही साथीभाइ मिलेर सहयोग गरेको सिंले बताए।
२०७२ सालको माहामारी भुकम्पको बेलामा महर्जन ललितपुरले दक्षिण भेगमा ठूलो क्षेती भएको बेलामा महर्जनले प्रत्येक गाउँगाउँ गई राहत बितरण गर्दा तिनै लोकमान निरन्जन र निराजनको समुहले ७५ हजार राहत बितरणको लागि सहयोग गरेका थिए। महर्जनका सयौ चेलाहरु बिदेशमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।