आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभर स्कूलको अनलाइन कक्षाको शुल्क तिर्नु नपर्ने शिक्षा मन्त्रालयको निर्देशन

देशभर स्कूलको अनलाइन कक्षाको शुल्क तिर्नु नपर्ने शिक्षा मन्त्रालयको निर्देशन

  • मंगलवार, बैशाख २३ २०७७

  • 5.6K
    SHARES

  • काठमाडौं – शिक्षा मन्त्रालयले देशभरका विद्यालयलाई कुनै कक्षा र तहमा नयाँ भर्ना नलिन निर्देशन दिएको छ । सोमवार मन्त्रीस्तरीय निर्णय गरी नयाँ भर्नासँगै अनलाइन पठनपाठनका नाममा बैंक खातामा रकम जम्मा गर्न लगाउने काम पनि नगर्न निर्देशन दिएको छ । लकडाउन जारी रहेपनि केही दिनयता केही निजी विद्यालयले अनलाइनमार्फत भर्ना लिन थालेका थिए । सरकारी विद्यालयले पनि आफैं उपस्थित भएर वा टेलिफोन सम्पर्कमार्फत भर्ना लिन सुरू गरेका थिए । कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन जारी रहेको र लामो समयदेखि विद्यालयमा पठनपाठन बन्द रहेको अवस्थामा सरकारले अर्को निर्णय नगर्दासम्म भर्ना र शुल्क लिने काम बन्द गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताएका छन् । मन्त्रालयले १० कक्षाको माध्यमिक शिक्षा परीक्षा (एसइई), ११ र १२ कक्षाका परीक्षाहरू स्थगित रहेको र अब के गर्ने भन्ने सन्दर्भमा अध्ययन भइरहेको पनि जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले भने केही दिनअघि १० र १२ कक्षाको परीक्षाका लागि अहिले कायम भएका केन्द्रबाट १ घण्टा टाढासम्मको दूरीमा उपकेन्द्रहरु कायम गर्न जिल्ला परीक्षा समन्वय समितिलाई परिपत्र गरेको थियो । शिक्षा मन्त्रालयले माध्यमिक तहसम्मको आवासबाहेक १ महिनाको सबै शुल्क फिर्ता गर्न पनि निर्देशन दिएको छ । सरकारको निर्णयअनुसार शुल्क मिनाहा गरी अभिभावक र स्थानीय तहलाई जानकारी दिन निजी विद्यालयलाई निर्देशन समेत दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २३ २०७७०३:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend