नेपालगञ्ज – कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउन थप प्रभावकारी बनाउने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा ३ दिनका लागि पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलवार बिहान ११ बजेदेखि लागू हुने गरी नेपालगञ्ज उपमहानगरपालिकालाई पूर्णतः निषेधित क्षेत्र (कर्फ्यू) घोषणा गर्ने निर्णय गरेको छ ।
बिहीवार मध्यरातिसम्मका लागि निर्णय लागू गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलवार बिहान ११ बजेदेखि औषधि पसल बाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द रहनेछन् ।
‘लकडाउनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौं,’ प्रजिअ खड्काले भने, ‘यो ३ दिन घरबाहिर निस्कन पाइने छैन ।’ ३ दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए । संक्रमितहरूको कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।