आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाबाट बच्न सरकारले गर्‍यो झन् कडा निर्णय, आज मध्यरातिबाट लागू !

कोरोनाबाट बच्न सरकारले गर्‍यो झन् कडा निर्णय, आज मध्यरातिबाट लागू !

  • सोमवार, बैशाख २२ २०७७

  • 3.6K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस संक्रमण भित्रिन नदिन कर्णाली प्रदेश सरकारले आज सोमवार मध्यराति १२ बजेदेखि प्रदेशका सबै प्रवेश नाका १ हप्तासम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेशको विपद् व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्णरुपमा बन्द गरी लकडाउन मजबुत बनाउने निर्णय गरेको छ । कर्णालीसँग सीमा जोडिएको ५ नम्बर प्रदेशको नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि कोरोनाको सम्भावित जोखिम रोक्न प्रदेशको नाका बन्द गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने निर्णय समेत बैठकले गरेको छ । संकलित तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने निर्णय समेत बैठकले गरेको छ । बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्‍याउन नसक्ने अवस्था भए हेलिकोप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेशिन उपकरणबाट सञ्चालन हुनसक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०७७०३:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend