सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतमा एकैदिन २८ सय कोरोना संक्रमित, नेपालमा खतराको घण्टी!

भारतमा एकैदिन २८ सय कोरोना संक्रमित, नेपालमा खतराको घण्टी!

  • सोमवार, बैशाख २२ २०७७

  • 4.2K
    SHARES

  • काठमाडौं–भारतमा आइतबार एकै दिन भारतमा २८ सय ६ जना संक्रमित थपिएका छन्। यो भारतमा एकै दिन देखा परेको अहिलेसम्मकै उच्च संख्या हो।

    संक्रमणको कारण भारतमा शनिबार ६८ जनाले ज्यान गुमाएका छन्। यो सँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ सय ९१ पुगेको वर्ल्डओमिटरले जनाएको छ।

    भारतमा अहिलेसम्म संक्रमितको संख्या ४२ हजार ५ सय ५ पुगेको छ। संक्रमितमध्ये ११ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन्। त्यसपछि गुजरात र नयाँ दिल्लीमा संक्रमितको संख्या बढी छ।

    महाराष्ट्रमा १२ हजारभन्दा बढी मानिसमा संक्रमण देखिइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। गुजरातमा पाँच हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। राजधानी नयाँदिल्लीमा चार हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

    संक्रमण तीब्र हुँदै जाँदा भारतमा आगामी १७ मेसम्मका लागि लकडाउन थपिएको छ। तर, आपतकालीन, अत्यावश्यक सेवा क्षेत्र भने सञ्चालनमै छन्।

    कोरोनाको प्रभाव कम र बढी भएका क्षेत्रमा पनि लकडाउन खुकुलो र कडा पार्ने रणनीति भारतले अपनाएको छ। त्यसका लागि भारतले संक्रमण बढी र कम देखिएका क्षेत्रलाई रेड, यल्लो र ग्रिन जोनका रुपमा वर्गीकरण गरेको छ।

    यसैबीच विश्वभर कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २ लाख ४८ हजार नाघेको छ। सोमबार बिहान सवा ७ बजेसम्मको तथ्यांकअनुसार विश्वमा २ लाख ४८ हजार २ सय ४५ जनाले ज्यान गुमाएका छन्।

    संक्रमितको संख्या ३५ लाख ६५ हजार नाघेको छ। सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म संक्रमणको कारण ६८ हजार ५ सय ९८ जनाले ज्यान गुमाएका छन्। एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख २२ २०७७०४:५९:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend