सोमवार, बैशाख २२ २०७७
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग राख्दै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकटका नेताहरुसँगको छलफल गरेका छन्।
आइतबार निजी निवास कोटेश्वरमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको नेपालले छलफल गरेका हुन्। छलफलमा नेता नेपालले शनिबार सम्पन्न सचिवालय बैठकबारेमा ब्रिफिङ गरेका थिए। उनले सचिवालय बैठकको सुरुवातमै प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मालोचना गर्दै माफी मागेको सुनाएको छलफलमा सहभागी एक कमिटी सदस्यले जानकारी दिए।
प्रधानमन्त्री ओलीले आत्मालोचना गरेपछि तत्कालका लागि विवाद मथ्थर भएपनि प्रतिवद्धता पूरा नभए र विधि, प्रक्रिया अनुसार अघि नबढे संघर्ष जारी रहने नेपालको भनाइ थियो। ‘‘माधव कमरेडले हिजोको सचिवालय बैठकबारे जानकारी दिनुभयो। प्रधानमन्त्रीले आत्मालोचना गर्नु भएकाले तत्काल विवाद मथ्थर भए पनि विधि र पद्धती अनुसार अघि नबढे संघर्ष जारी रहने माधव कमरेडको भनाइ थियो,’ ती नेताले ्भने।
कोटेश्वर भेलामा स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे समेत छलफल भएको छ। ‘स्थायी कमिटी बैठकबारे छलफल भएको छ। तर, कसरी अघि बढ्ने भन्ने विषय टुंगो लागेको छैन। थप छलफल गर्नेछौं,’ उनले भने। शनिबारको सचिवालय बैठकपछि भैँसेपाटी गठबन्धन टुटेको भनेर आएका टिप्पणीमा सत्यता नरहेकाको नेपालले छलफलमा बताएका थिए।
‘भैँसेपाटी गठबन्धन टुटेको हल्लामा सत्यता छैन, हामी एकै ठाउँ छौं, भ्रमममा नपर्नुहोला,’ नेपालको भनाइ उदृत गर्दै ती नेताले भने।
यसअघि बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले आगामी २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।