काठमाडौं – भारतमा हरेक दिन कोरोना भाइरस संक्रमण झन् बढी फैलिँदै गएको छ ।
केही दिनयता भारतमा कोरोना भाइरस संक्रमित व्यक्ति तीब्र रुपमा बढिरहेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले आज आईतबार साँझ दिएको जानकारीअनुसार विगत २४ घण्टामा मात्रै २ हजार ४८७ नयाँ संक्रमित थपिएका छन् भने एकैदिन ८३ जनाले ज्यान गुमाएका छन् । एकैदिन यतिधेरै संक्रमण पुष्टि भएको यो पहिलोपटक हो ।
भारतमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४० हजार २६३ पुगेको छ । कोरोनाको संक्रमणबाट १ हजार ३०६ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा हालसम्म १० हजार ८८७ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस संक्रमण धेरै नफलियोस् भनेर भारतमा २५ मार्चदेखि लकडाउन गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लकडाउन सुरू गर्नुअघि भारतमा कोरोना संक्रमितको संख्या ५०० मात्रै थियो ।
भारत सरकारले ४० दिन लकडाउन गर्दा पनि कोरोनाको संक्रमण निरन्तर बढेपछि भारतले पछिल्लोपल्ट २ हप्ताका लागि लकडाउन लम्ब्याएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।