आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रधानमन्त्रीको कुर्सी जोगाउन केपी ओलीले बैठकमा यतिसम्म गरे ! प्रवक्ता श्रेष्ठले गरे खुलासा

प्रधानमन्त्रीको कुर्सी जोगाउन केपी ओलीले बैठकमा यतिसम्म गरे ! प्रवक्ता श्रेष्ठले गरे खुलासा

  • शनिवार, बैशाख २० २०७७

  • 7.0K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्ने माग गरिरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई खुसी पारेर कुर्सी जोगाउन ओली लत्रक्कै गलेका छन् । पार्टी स्थायी कमिटी बैठक टार्न खोजेका ओली असफल भएका छन् । नेकपा सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक गर्ने निर्णय गरेको छ । कुर्सी जोगाउन ओली यतिमै सीमित भएनन्, उनले सचिवालय बैठकमा आत्मालोचना समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । ‘सरकार र सम्बन्धित क्षेत्रमा जे जस्ता कमीकमजोरी भएका छन्, ती क्षेत्रमा प्रधानमन्त्री ओलीले समेत आत्मालोचना गर्नुभएको छ, आफ्नो हकको जिम्मेवारीका निम्ति अध्यक्ष कमरेड प्रचण्ड र अन्य कमरेडहरूले समेत आत्मालोचित हुँदै अगाडि बढ्ने संकल्प गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीहरूलाई भने । प्रधानमन्त्रीको कुर्सी खोसाखोस हुँदा पार्टी नै फुट्नसक्ने चर्चाबीच सचिवालय बैठकले पार्टीको एकतावद्धमा दृढ रहने, पार्टी एकताको रक्षा गर्ने र सुदृढ बनाउने, पार्टी एकता कमजोर पार्ने र फुट उन्मुखका क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिने निर्णय भएको बताए । पार्टीलाई एकतावद्ध राख्ने, विधि पद्धति र कम्युनिस्ट मूल्य मान्यता अन्तर्गत सञ्चालन गर्ने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले बताए । ‘पार्टीको निर्देशनमा सरकार सञ्चालन गर्ने र देश जनताको पक्षमा समाजवाद उन्मुख लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्न सरकारलाई निर्देशन दिने निर्णय भएको छ,’ श्रेष्ठले भने । ‘एकता, सहमति र समाधान निष्कर्ष अनुरुप पार्टीलाई दिशा निर्देशित गर्ने गरी र त्यसको निम्ति आवश्यक छलफल गर्ने गर्न स्थायी कमिटी बैठक बैशाख २५ गते ११ बजे काठमाडौंमा बस्ने र त्यसको तयारीका लागि सचिवालय बैठक बैशाख २४ गते ३ बजे बस्नेछ,’ उनले भने, ‘सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०७७०४:३२:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend