काठमाडौं – नेपाली कांग्रेस अछामका नेता तथा वरिष्ठ समाजसेवी राजेन्द्रबहादुर शाहले अछामको बयलपाटा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
नेता शाहले अस्पताललाई करीब २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको महामारीको विषम परिस्थितिमा राजधानी काठमाडौंमा रहेका नेता शाहले गृहजिल्लाको अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेर मनकारी व्यवहार देखाएका छन् ।
नेता शाहले अस्पताललाई २५ लिटर स्यानिटाइजर, २ वटा पीपीई, २ वटा थर्मल गन, १ हजार ट्याब्लेट सिटामोल, १०० वटा पञ्जा र माक्स अस्पताललाई हस्तान्तरण गरेका छन् ।
यसअघि समेत नेता शाहले स्थानीय स्तरमा आवश्यकता अनुसार सहयोग गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।