काठमाडौं – कोरोना भाइरस संक्रमण महामारी बढ्दै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् ।
‘कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले सार्वजनिक रुपमै भनेका छन् ।
ट्रम्पले चीनमाथि प्रतिबन्धको कुरा अमेरिकी राष्ट्रपतिहरूका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरूसँग भनेका हुन् ।
२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले फार्म हाउसमा १ हप्ता बिताउने जनाइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस पुगेका छन् ।
यसअघि ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गरेका थिए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग रोक्का गरिसकेको छ ।
अमेरिकाले हालै कोरोना संक्रमणबाट प्रभावित अमेरिकाका ४०० अस्पतालहरूलाई १२ बिलियन डलरको सहयोग राशी घोषणा गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।