आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गम्भीर बिरामी भनिएका किम जोङ उन २० दिनपछि सार्वजनिक

गम्भीर बिरामी भनिएका किम जोङ उन २० दिनपछि सार्वजनिक

  • शनिवार, बैशाख २० २०७७

  • 4.1K
    SHARES

  • काठमाडौं – उत्तर कोरियाली कम्युनिस्ट शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अड्कलबाजी चलिरहेका थिए । केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरेका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार उन सार्वजनिक भएर कार्यक्रममा आउँदा उपस्थित व्यक्तिहरूले तालीको गडगडाहटले स्वागत गरेका थिए । किम जोङ उनसँगै बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीहरू समेत सहभागी रहेका थिए । सरकारी मिडियाको समाचारमा कार्यक्रमको कुनै पनि तस्वीर भने सार्वजनिक गरिएको छैन । यसअघि उनी १२ अप्रिलमा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको चर्चा हुँदै आएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २० २०७७०२:२१:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend