आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सांसद पदबाट राजीनामा दिने महेश बस्नेतको घोषणा

सांसद पदबाट राजीनामा दिने महेश बस्नेतको घोषणा

  • शुक्रवार, बैशाख १९ २०७७

  • 11.6K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले आवश्यक परे सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मिथिला नेपाल टेलिभिजनमा अन्तरवार्ता दिँदै सांसद बस्नेतले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउन आफूले राजीनामा दिएर उपनिर्वाचनबाट जिताउने घोषणा गरेका छन् । नेकपाभित्रको पार्टी एकतालाई जोगाइ राख्न तथा समृद्ध नेपाल निर्माणको लागि उपाध्यक्ष बामदेव गौतमले भक्तपुरबाट चुनाव लड्न चाहेमा राजीनामा दिन तयार रहेको बस्नेतले बताए । ‘भक्तपुरका जनताले बामदेवलाई स्वीकारेमा राजीनामा दिएर बाटो खुला गरिदिन तयार छु,’ सांसद बस्नेतले भने, ‘अघिल्लो पुस्तालाई सम्मान गरेर मात्र अघि बढ्न सकिन्छ । यो वा त्यो बहानामा नेतृत्वले कुनै पनि समस्या उत्पन्न गर्नु हुँदैन ।’ दक्षिण एसियाको ठूलो पार्टीको रुपमा स्थापित नेकपालाई बचाउन तथा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्‍याउन नेकपाका नेताहरू एक हुनुपर्नेमा उनले जोड दिएका छन् । ‘मुलुकको समृद्धिको यात्रामा सबैले एकढिक्का भएर अगाडि बढ्नुको कुनै विकल्प छैन,’ उनले अन्तर्वार्तामा भने, ‘सरकार सञ्चालनको लागि प्रधानमन्त्रीसँग सांसदहरूको बहुमत रहेको स्पष्ट प्रमाण लिखित रुपमा प्रस्तुत गइसकेको छ ।’ अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालले सत्ता परिवर्तन गर्न नभई पार्टी तथा संगठन निर्माणको निम्ति लाग्नु आवश्यक रहेको सांसद बस्नेतले बताए । वर्तमान प्रधानमन्त्री ओलीले आगामी निर्वाचनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष नबन्ने स्पष्ट पारिसकेको जानकारी गराउँदै उनले पार्टीको अधिवेशनलाई छिटोभन्दा छिटो गर्दै नेतृत्व परिवर्तनको ढोका खुला गर्नुपर्नेमा जोड दिएका छन् । वर्तमान नेकपामा रहेको समस्या समाधानको बाटोमा अघि बढेर अहिलेकै नेतृत्वमा आगामी ३ वर्षको सरकार सञ्चालन गर्नुपर्ने उनले बताए । ‘सरकार तथा पार्टी सचिवालमा भएका गल्ती र कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्छ,’ उनले भने । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०३:३७:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend