आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

सभापति शेरबहादुर देउवाद्वारा दुःख व्यक्त

  • शुक्रवार, बैशाख १९ २०७७

  • 3.6K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी ८३ वर्षीया रानुदेवी अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छन् । मधुमेह र उच्च रक्तचापबाट पीडित अधिकारीको बिहीवार बेलुका मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । सभापति देउवाले शुक्रबार एक शोक विज्ञप्ति जारी गर्र्दै स्व. अधिकारीले निरंकुशताविरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर देखाएको साहस सबैका लागि प्रेरणादायी रहेको बताएका छन् । सभापति देउवाले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । विक्रम संवत् २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा स्व. अधिकारीले गीत गाएका थिइन् । उनी रेडियो नेपालकी प्रथम गायिका समेत हुन् । स्व. अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ । यसैगरी, कांग्रेसले काठमाडौं महानगरपालिका–३१ का पूर्व वडाध्यक्ष गणेशबहादुर खड्गीको निधनप्रति समेत दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व. खड्गी प्रतिबन्धितकालदेखि कांग्रेसमा अनवरत लागेर २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट वडा नम्बर ३१ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । खड्गीको बिहीवार काठमाडौंमा निधन भएको छ । उनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०३:१२:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend