काठमाडौं – बाँकेको नेपालगञ्जमा मुस्लिम धर्मगुरुमा कोरोना संक्रमणा भएको पुष्टि भएको छ ।
कोरोना संक्रमित ६० वर्षका ती पुरुष १ महिना अगाडि भारतको बहराइचबाट नेपालगञ्ज आएको खुलासा भएको छ ।
यसअघि वीरगञ्ज र उदयपुरमा मुस्लिम समुदायका व्यक्तिमा कोरोना संक्रमण भेटिएको थियो । त्यसपछि मुस्लिम समुदायका व्यक्तिमाथि निगरानी गर्दै चेकजाँच गर्दा नेपालगञ्जमा समेत संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमित मुस्लिम मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति रहेका छन् । उनी भारतबाट नेपालगञ्ज आउने–जाने गरिराख्ने व्यक्ति भएका जनाइएको छ ।
उनीसँगै प्रदेश ५ मा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । नेपालगञ्जमा पहिलो पटक कोरोना भेटिएको खैलाबैला मच्चिएको छ भने प्रशासनले स्थानीय क्षेत्रलाई सिल गरेको छ । शुक्रबार नै रुपन्देहीका अर्का व्यक्तिमा समेत कोरोना भेटिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।