आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा एकैपल्ट २ हप्ता बढ्यो लकडाउन, नरेन्द्र मोदी सरकारको घोषणाले नेपालमा के पर्छ असर ?

भारतमा एकैपल्ट २ हप्ता बढ्यो लकडाउन, नरेन्द्र मोदी सरकारको घोषणाले नेपालमा के पर्छ असर ?

  • शुक्रवार, बैशाख १९ २०७७

  • 4.2K
    SHARES

  • काठमाडौं – भारत सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि २ हप्ता लकडाउन बढाएको छ । आगामी ३ मेसम्म यसअघि घोषणा भएको लकडाउन बढाउँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले १७ मेसम्म कायम गर्ने निर्णय गरेको छ । भारतमा कोरोना संक्रमितको संख्या र मृतकको संख्या दिनदिनै बढिरहेको बेला लकडाउन बढाउने निर्णय भएको छ । भारतको गृह मन्त्रालयले लकडाउन बढाउने निर्णयबारे जानकारी सार्वजनिक गरेको छ । भारतमा कोरोना फैलिरहेको बेला त्यसको असर नेपालमा समेत पर्ने विश्लेषण हुने गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भारतको अवस्था हेरेर नेपालमा लकडाउनबारे निर्णय हुने बताउँदै आएका छन् । भारतबाट चोरबाटो हुँदै रुपन्देही पुगेका एक व्यक्तिमा शुक्रबार कोरोना संक्रमण भेटिएपछि नेपाली सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने माग उठेको छ । नेपाल सरकारले बैशाख २५ गतेसम्म लकडाउनको निर्णय गरेपछि भारतको अवस्था हेरेर थप बढ्नसक्ने संकेत सरकारी अधिकारीले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०२:०५:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend