आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ग्रामिण भेगका विद्यार्थीहरुलाई अनलाइन कक्षा असम्भव, उचित योजना ल्याउन माग

ग्रामिण भेगका विद्यार्थीहरुलाई अनलाइन कक्षा असम्भव, उचित योजना ल्याउन माग

  • शुक्रवार, बैशाख १९ २०७७

  • 6.8K
    SHARES

  • कास्की–कोरोना महामारीको समयमा सबै बिद्यालय, कलेज र बिश्वबिद्यालयहरु बन्द रहेको स्थिति छ, उक्त स्थितिमा विद्यार्थीको पढाई र परीक्षाबारे चिन्तन गर्दै सामाजिक संजालमा अनेकौं टिकाटिप्पणीहरु र ब्यक्तिगत धारणाहरु देखिएका छन् ।

    सो बिषयमा नेपाल विद्यार्थी संघ कास्कीका नेता बिपिन पौडेलले पनि आफ्नो ब्यक्तिगत धारणा व्यक्त गरेका छन्। नेता पौडेलले लकडाउनको समयमा विभिन्न बिद्यालय, कलेज र बिश्वबिद्यालयहरुले अनलाइन कक्षा सुरु गरेका र उक्त कक्षा सम्पन्न परिवारका बिद्यार्थीलाई उपयुक्त र प्रभावकारी रहेको तर ग्रामीण भेगका विद्यार्थी र विपन्न परिवारका विद्यार्थीलाई असम्भव भएको जनाएका छन्।

    त्यसैले विद्यार्थी नेता पौडेलले ग्रामीण भेगका विद्यार्थी र गरिब परिवारका विद्यार्थीलाई ध्यानाकर्षण गरि यथाशीघ्र उनीहरूलाई प्रभाव पर्ने उचित योजना ल्याएर केही निर्णयहरु गर्न सरकार समक्ष अपिल पनि गरेका छन्।

    साथै पौडेलले नेपाल विद्यार्थी संघका सम्पुर्ण नेता तथा कार्यकर्तालाई आफ्नो ठाउँबाट मर्कामा परेका विद्यार्थीलाई सक्दो सहयोग गर्न समेत अनुरोध गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०४:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend