आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको डोनाल्ड ट्रम्पको खुलासा

कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको डोनाल्ड ट्रम्पको खुलासा

  • शुक्रवार, बैशाख १९ २०७७

  • 3.7K
    SHARES

  • काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस चीनको वुहान शहरको एक प्रयोगशालामा विकसित गरिएको खुलासा गरेका छन् । बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ । तर मलाई चीनले यस्तो जानीजानी गर्‍यो वा गल्तीपूर्वक गर्‍यो, त्यो थाहा छैन । वा कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्‍यो । मानिसहरूलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभर यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दिनँ । चीनभरि मानिसहरूको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरि यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन । जे भयो त्यो निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’ कोरोना भाइरसका कारण संसारभर हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगातार शंका गर्दै आएका छन् भने विश्व स्वास्थ्य संगठनको भूमिकामा प्रश्न उठाउँदै आएका छन् । ट्रम्पले स्वास्थ्य संगठनलाई अमेरिकाले गर्दै आएको सहयोग समेत कटौती गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०३:११:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend