आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई हटाउन माधव नेपालको चट्टानी अडान, बालुवाटारको टाउको दुखाइ !

केपी ओलीलाई हटाउन माधव नेपालको चट्टानी अडान, बालुवाटारको टाउको दुखाइ !

  • शुक्रवार, बैशाख १९ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीको तेस्रो अध्यक्ष नबन्ने स्पष्ट पारेका छन् । नेता नेपालले बिहीवार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेरै आफू तेस्रो अध्यक्ष नबन्ने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले बुधवार पार्टी सचिवालय बैठकमा नेता नेपाललाई विधान संशोधन गरेर तेस्रो अध्यक्ष र उपाध्यक्ष वामदेव गौतमलाई संसद्मा ल्याएर कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । ‘म तपाईले प्रस्ताव गरेको तेस्रो अध्यक्ष हुन्नँ । त्यसमा मेरो सहमति हुँदैन । मेरो कुरा त तपाई पार्टी र सरकार सञ्चालनमा असफल हुनुभयो, राम्रोसँग चलाउन सक्नुभएन, तपाईले पार्टी र सरकार दुवै मोर्चाको नेतृत्व छाड्नुपर्छ भन्ने हो,’ नेता नेपालले प्रधानमन्त्रीलाई भनेको उद्धृत गर्दै उनीनिकट एक स्थायी समिति सदस्यले भने । प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेर नेपाल बालुवाटार गएका थिए । प्रधानमन्त्री निवासबाट बोलावट भएपछि उनले प्रचण्डलाई त्यसबारे जानकारी गराएका हुन् । ओलीले नेपाललाई संवैधानिक निकायहरुमा नियुक्तिका लागि छलफल गर्न भन्दै बोलाएका थिए । पार्टीभित्र सचिवालय, स्थायी समितिदेखि केन्द्रीय समितिसम्ममा आफू अल्पमतमा परेपछि ओलीले नेपाललाई फकाउन प्रयास गर्दै आएका थिए । उनले महाधिवेशन छिटो गरेर पार्टी अध्यक्षमा नेपाललाई सघाउने, संघीय सरकारका मन्त्रीहरुदेखि आफ्नो निजी सचिवालय हेरफेर गर्ने, संवैधानिक निकायहरुमा सहमतिका आधारमा नियुक्ति गर्ने र प्रदेशका मुख्यमन्त्रीसम्म पनि फेर्ने प्रस्ताव गरेका थिए । त्यो प्रस्ताव स्वीकार नगरेपछि बुधवारको सचिवालय बैठकमा ओलीले पार्टीमा तेस्रो अध्यक्ष राख्ने र त्यसमा नेपाललाई प्रस्ताव गरेका थिए । बिहीवार साँझ ओलीसँगको भेटमा अडानमा कायमै रहेको र कुनै पदीय भागबन्डामा नलत्रिने जवाफ दिएर उनी फर्केको एक स्थायी समिति सदस्यले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १९ २०७७०२:२६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend