आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रोल्पामा एकाएक बम विस्फोट, ४ जनाको मृत्यु

रोल्पामा एकाएक बम विस्फोट, ४ जनाको मृत्यु

  • बिहिवार, बैशाख १८ २०७७

  • 4.0K
    SHARES

  • काठमाडौं – रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर–७ गैरीगाउँमा एकाएक बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ । ठूलो आवाजमा बम विस्फोट भएपछि हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै मृत्यु भएको पाइएको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कविराज बुढाले बताएका छन् । बम विस्फोटमा मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेका वडाध्यक्ष बुढाले जनाएका छन् । घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोलीलाई घटनास्थलमा बोलाइएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले बम विस्फोटको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताएका छन् । सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम स्थानीय बालबालिकाले खेल्ने क्रममा भेट्टाएको र बिस्फोट भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १८ २०७७०३:२७:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend