आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने सरकारको निर्णय, छुट नदिए कारवाही !

लकडाउन अवधिभर घरधनीले भाडा माग्न नपाउने सरकारको निर्णय, छुट नदिए कारवाही !

  • बिहिवार, बैशाख १८ २०७७

  • 7.3K
    SHARES

  • काठमाडौं – सरकारले लकडाउन अवधिभर शहरी क्षेत्रमा घरभाडामा बस्ने डेरावालासँग घरधनीले भाडा रकम माग्न नपाउने निर्णय गरेको छ । बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले विपतको बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरूसँग घरभाडा नमाग्न घरधनीहरूलाई आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिसँग जुधिरहेका सर्वसाधारणदेखि उद्योग व्यवसायीहरूलाई समेत सम्बोधन गर्ने गरी आर्थिक प्याकेज ल्याएको जनाउँदै सरकारले विभिन्न क्षेत्रमा काम गर्ने संगठित श्रमिकहरूलाई लकडाउन अवधिभर भाडा नमाग्न र पछि वातावरण सहज भएपछि माग्न सकिने निर्णय गरेको छ । यसअघि सरकारले गरेको १ महिनाको घरभाडाको छुट दिन समेत सबै घरधनीलाई अपिल गरेको छ । सरकारको निर्णय अनुसार भाडा छुट नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने समेत जनाइएको छ । अनुगमनको जिम्मा स्थानीय तहलाई दिने निर्णय सरकारले गरेको मन्त्री खतिवडाले बताए । गत महिना कोरोनाको प्रारम्भिक आर्थिक असर सम्बोधन गर्दै सरकारले ल्याएको आर्थिक प्याकेजमा शहरी क्षेत्रमा घरभाडामा बस्ने असंगठित श्रमिकहरूलाई १ महिनाको घरभाडा छुट दिन घरधनीहरूलाई सरकारले आग्रह गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १८ २०७७०२:४७:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend