काठमाडौं – जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ अन्तर्राष्ट्रिय सम्मान नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने घोषणा गरेको छ ।
जापानस्थित नेपाली दूतावासले बिहीवार एक प्रेस विज्ञप्ति जारी गरी जापान सरकारले नेता पौडेललाई अवार्ड दिने निर्णय गरेको जनाएको छ ।
पूर्व सभामुख समेत रहेका पौडेललाई अन्तर्राष्ट्रिय सम्मान दिने निर्णय जापान सरकारले बिहीवार गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेबापत पौडेललाई विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासले जनाएको छ ।
पौडेलले सभामुख भएको बेलामा जापान–नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले पौडेललाई अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।