काठमाडौं – स्थानीय तह निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको मृत्यु भएको छ ।
बुधबार भेरी अस्पतालमा उपचाररत ४२ वर्षीय चौधरीको उच्च रक्तचापका कारण मृत्यु भएको प्रदेश नम्बर ५ का सांसद दिपेश थारुले दिएका छन् ।
‘हाम्रो पार्टीका एक होनाहार नेता गुमाएका छौं,’ सांसद थारुले भने ।
चौधरीको बुधबार भेरी अस्पताल नेपालगञ्जमा उपचार गर्दागर्दै मृत्यु भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।