डोटी – डोटी जिल्लाको केआईसिंह गाउँपालिकामा राहत वितरण गरिरहेका नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षमाथि कुटपिट भएको छ ।
राहत वितरणका क्रममा षड्यन्त्रपूर्वक विवाद गरेर कुटपिट भएको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष जयबहादुर धामीले जानकारी दिए ।
कुटपिटबाट बेहोस भएका धामी दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि भर्ना भएका छन् । धामीलाई अहिले होस आइसकेको छ ।
‘बिहानैदेखि भोकभोकै राहत वितरणमा खटिएको बेला केही व्यक्तिलाई षड्यन्त्रपूर्वक विपक्षीबाट उचाल्ने काम भयो,’ उनले भने, ‘नाम छुटेकालाई चिन्ता नगर्नुस् घरखेत बेचेर भएपनि दिनेछु भनिरहेकै थिएँ तर केही परिवारलाई उक्साएर राहत पाउनुपर्छ भन्दै ममाथि आक्रमण गरियो ।’
वडाध्यक्षमाथि कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको दुर्गामाडौं प्रहरी चौकीका इन्चार्ज भाष्करराज पन्तले जानकारी दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।