आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

योजना अनुगमन गर्दागर्दै पूर्व माओवादीबाट जितेका वडाध्यक्षको अकस्मात मृत्यु

योजना अनुगमन गर्दागर्दै पूर्व माओवादीबाट जितेका वडाध्यक्षको अकस्मात मृत्यु

  • मंगलवार, बैशाख १६ २०७७

  • 3.7K
    SHARES

  • काठमाडौं – धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ७ मा पूर्व माओवादीबाट निर्वाचित वडाध्यक्ष युवराज उप्रेतीको अकस्मात मृत्यु भएको छ । ५५ वर्ष उमेर पुगेका उप्रेतीको मंगलवार अपराह्न ५ बजे हृदयघातका कारण मृत्यु भएको मेयर हरिनारायण महतोले बताएका छन् । वडाध्यक्ष उप्रेती धनुषामा विकासे योजनाको निरीक्षण गर्न मेयर र उपमेयरसँगै गएका थिए । पर्यटकीयस्थल मिथिला नगरपालिकाको आफ्नै वडामा रहेको मिथिला सागर पोखरियामा योजना निरीक्षण गर्न नगरपालिकाको टोली पुगेको थियो । मेयर हरिनारायण महतो, उपमेयर तारा लामासहित इन्जिनियरको टोलीसँगै योजना निरीक्षणमा पुगेका वडाध्यक्ष उप्रेती अकस्मात बेहोस भएर ढलेपछि अस्पतालतर्फ लगिएको थियो । उपचारको लागि जनकपुर लग्दै गर्दा उप्रेतीको बाटोमै मृत्यु भएको मेयर महतोले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०७७०२:४०:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend