सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

अर्थमन्त्रीले मिचे संविधान, गरेनन् सबैभन्दा महत्वपूर्ण काम

अर्थमन्त्रीले मिचे संविधान, गरेनन् सबैभन्दा महत्वपूर्ण काम

  • मंगलवार, बैशाख १६ २०७७

  • 5.4K
    SHARES

  • काठमाडौं–कोरोनाभाइरसको महामारी कायमै छ । सरकारले २५ वैशाखसम्म लकडाउनको समय थप गरेको छ । यो वैशाख महिना लकडाउनमै बित्नेमा कुनै सन्देश छैन । तैपनि सरकारले आफ्ना दैनिक कार्य गरिरहनुपर्ने हो । लकडाउनलाई बहाना बनाएर अर्थमन्त्री डा।युवराज खतिवडाले मन्त्रालयलका गतिविधि ठप्प पारेका छन् ।

    संविधानअनुसार जेठ १५ गते बजेट प्रस्तुत हुने दिन । त्यसको एक महिनाअघि नै प्रिबजेट छलफलमा ल्याउनुपर्ने हो । तर, अर्थमन्त्री खतिवडाले अहिलेसम्म प्रिबजेटबारे कुनै छलफल र तयारी थालेको जानकारी दिएका छैनन् ।

    कोरोनाको महामारी नभएको भए अहिले प्रिबजेटबारे दलहरू र अर्थविद्हरूले आ–आफ्ना धारणा सार्वजनिक गरिसक्थे । बजेटमा समेट्नुपर्ने सुझाव र सल्लाह दिन्थे । तर, अर्थमन्त्रीले नै यसबारे कुनै जानकारी नगराएपछि जेठ १५ मा बजेट आउनेमा सन्देह उत्पन्न भएको छ ।

    सरकार राजनीतिक संकटमा छ। अर्थमन्त्री खतिवडा तदर्थ अवस्थाका छन्। बजेटको सामान्य चर्चा पनि नहुनुले कतै अर्थमन्त्री खतिवडाले आगामी वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्न नपाउने हुन् कि भन्ने आशंका पनि गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०७७०५:०९:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend