आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली निकट नेताको संकेत : प्रधानमन्त्रीको राजीनामा मागे नेकपा फुट्छ

ओली निकट नेताको संकेत : प्रधानमन्त्रीको राजीनामा मागे नेकपा फुट्छ

  • मंगलवार, बैशाख १६ २०७७

  • 4.5K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी फुटाउने प्रस्ताव भएको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा ओली र नेपाल समूहका नेताहरूबीच छलफल भइरहेका बेला नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा विचार व्यक्त गर्दै ओलीलाई हटाउन खोजे नेकपा फुट्नसक्ने संकेत गरेका हुन् । ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘सकिँदा केपी मात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने तयारी गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख १६ २०७७०१:४२:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend