आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘विद्या भण्डारीका कर्तुतले राजसंस्थाको आवश्यकता देखियो’

‘विद्या भण्डारीका कर्तुतले राजसंस्थाको आवश्यकता देखियो’

  • सोमवार, बैशाख १५ २०७७

  • 9.1K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा बदनाम हुने गरी राष्ट्रपति विद्या भण्डारीले कर्तुत देखाउन थालेपछि देशमा राजतन्त्रको आवश्यकता देखिएको चर्चा शुरू भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी र गुटगत स्वार्थभन्दा माथि रहने निष्पक्ष संस्थाको रुपमा राजसंस्थाको आवश्यकता पछिल्लो घटनाक्रमले प्रमाणित गरेको दाबी गरे । सोमवार एक सन्देश जारी गर्दै डा. लोहनीले मुलुकमा पछिल्लोपल्ट देखिएका राजनीतिक घटनाक्रम र राष्ट्रपति विद्या भण्डारीका कर्तुतले राजसंस्थाको आवश्यकता देखिएको उनले बताए । ‘राजनैतिक स्थिरता र संविधानको मर्मविपरीत आएको अध्यादेश राष्ट्रपतिले २ घण्टाभित्र अनुमोदन गरेबाट संविधानको पालना भएको देखिन्न । यसबाट संविधानको संरक्षण र जनताको सर्वाेच्चता कायम राख्न संवैधानिक राजसंस्थाको अपरिहार्यता प्रस्ट भएको छ,’ उनले भने, ‘यसबाट पार्टीभन्दा माथि रहेर निष्पक्ष रुपमा काम गर्न राजसंस्था आवश्यक छ भन्ने राप्रपाको चिन्तन र प्रस्तावको सार्थकता स्पष्ट छ । जुनसुकै दलको भएपनि अब जनताको सर्वोच्चतालाई व्यवहारमा उतार्न राष्ट्र प्रमुखको पदलाई पार्टीको स्वार्थभन्दा माथि राख्न हाम्रो देशको परिवेशमा संविधान भित्रको राजसंस्था आवश्यक भनेर अवाज उठाउनु जरुरी भइसकेको छ ।’ अध्यक्ष लोहनीले राष्ट्रपति जस्तो सम्मानित संस्था एउटा राजनीतिक दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि क्रियाशील रहेकोमा चिन्ता प्रकट गरेका छन् । ‘सम्माननीय राष्ट्रपतिले नेपालको संविधानको पालना र संरक्षण गर्नु संविधानको दफा ६१ बमोजिमको प्रमुख कर्तव्य हो,’ उनले भनेका छन्, ‘यो कर्तव्य नेपाल सरकारले देशको राजनीतिक स्थिरता र संविधानको मर्मविपरीत पठाएको अध्यादेश २ घण्टाभित्र सही गरेर पठाएको देख्दा सम्माननीय राष्ट्रपतिबाट पालना भएको देखिएन । बरु एउटा दल र दलभित्र पनि एउटा समूहको स्वार्थको लागि काम गरेको देखियो ।’ संविधानको मर्मविपरीत सरकारले प्रस्तुत गरेको अध्यादेश विना परामर्श जारी गरेर कच्चा काम भएको र यसले राष्ट्रपति पदको गरिमा घटाएको भन्दै देशमा राजसंस्था आवश्यक रहेको लोहनीले बताए । पछिल्लो राजनीतिक घटनाबाट पार्टीभन्दा माथि रहने राजसंस्थाको आवश्यकता र राप्रपाको प्रस्तावनाको औचित्य पुष्टि भएको उनले दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०७७०४:०१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend