आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डा. बाबुराम भट्टराईविरुद्ध 'साइबर क्राइम'को उजुरी, अदालत जाने तयारी

डा. बाबुराम भट्टराईविरुद्ध 'साइबर क्राइम'को उजुरी, अदालत जाने तयारी

  • सोमवार, बैशाख १५ २०७७

  • 4.8K
    SHARES

  • काठमाडौं – जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न काठमाडौं प्रहरीमा पुगेका सत्तारुढ नेकपाका युवा विद्यार्थी नेतालाई प्रहरीले फर्काइदिएको छ । डा. बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङ्काजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरूको चरित्रहत्या गरेको भन्दै सोमवार युवासंघ र अनेरास्ववियूका नेताहरू साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका हुन् । महानगरीय प्रहरी परिसर टेकुले चरित्रहत्याको विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भएकाले सरकारी वकिलमार्फत अदालतमा जान सुझाव दिएको छ । युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्ती सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी दिन पुगेका थिए । अनेरास्ववियूका संयोजक ऐन महर, युवा संघका सहसंयोजक रमेश पौडेल, किरण पौडेल लगायतका नेताहरू पनि महानगरीय प्रहरी परिसर गएका थिए । प्रहरीले साइबर अपराधमा जाहेरी नलिएपछि गाली बेइज्जती मुद्दामा जानेबारे कानूनी परामर्श लिन थालिएको पौडेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख १५ २०७७०२:४७:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend