काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कमजोर भएका छन् ।
ओलीविरुद्ध योजना बनाइरहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको योजना अनुसार भोलि मंगलबार सचिवालय बैठक बस्ने भएको छ ।
ओली र नेपाल पक्षको छलफलपछि मंगलवार सचिवालय बैठक बस्ने निश्चित भएको छ । ओली र नेपालबीच सोमवार बिहान भेटवार्ता समेत भएको थियो ।
दुवै पक्षका नेताहरूबीच कोटेश्वरस्थित नेपाल निवासमा छलफल भएको थियो । ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका थिए ।
नेपाल समूहका नेताहरूले सचिवालय र स्थायी कमिटी बैठक राख्नुपर्ने अडान लिएका थिए । प्रचण्ड–नेपाल समूह ओली समूहमाथि हाबी भएको छ । मंगलबार हुने सचिवालय बैठकबाट स्थायी कमिटी बैठकको मिति तय हुनसक्ने स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।