आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकआपसमै भिड्न थाले कम्युनिस्ट, ओलीका सल्लाहकार सूर्य थापाको छटपटी छताछुल्ल !

एकआपसमै भिड्न थाले कम्युनिस्ट, ओलीका सल्लाहकार सूर्य थापाको छटपटी छताछुल्ल !

  • आइतवार, बैशाख १४ २०७७

  • 4.4K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग हटाउने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तयारी भइरहँदा कम्युनिस्टहरू आपसमै लड्न थालेका छन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी भएको आरोप लगाएका छन् । तर नेकपाभित्रै ओलीले पार्टीको बदनाम गरेको आरोप लाग्दै आएको छ । पछिल्लो पटक राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएर विवादमा फसेका ओलीलाई सूर्य थापाले असफल भनेर प्रचार गरिरहेका छन् । नेकपाभित्रको भिडन्तमा ओली मोर्चाबाट सूर्य थापा अगाडि देखिएका छन् । नेकपाकै नाममा कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरुद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरुद्ध चलखेल जारी रहेको प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकार थापाले आज राजनीतिक स्थिरताको कुरा गरेपनि केही दिनअघि मात्रै ओली सरकारले नै दल फुटाउन सहज हुने अध्यादेश ल्याएर राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लागेको थियो । ओलीको पद संकटमा परेपछि थापालाई राजनीतिक स्थिरता याद आएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हङ्ग पार्लियामेन्ट भयो भनेर नेपाली जनताले दुईतिहाइ संख्यामा नेकपालाई जिताइदिए, नाङ्गो भागबण्डाले त हङ्ग पार्टी पो भएछ । जनमतको घोर अपमान, भागबण्डाको स्वाभाविक परिणाम ।’ ओलीले सरकार सञ्चालनमा एकलौटी गरेपछि उनलाई हटाएर आफू प्रधानमन्त्री हुने रस्साकस्सी नेकपाभित्र सुरू भएको छ । जसले गर्दा ओलीको सचिवालय र सल्लाहकार टीममा भएको छटपटी प्रकट हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०१:४१:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend