काठमाडौं – नवगठित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश गम्भीर संकटको दिशातर्फ जाँदै गरेको सनसनीपूर्ण आरोप लगाएका छन् ।
आईतबार महानगरीय प्रहरी परिसर काठमाडौमा डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी कसूरमा संलग्नमाथि जाहेरी दिन पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै ओली सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।
‘देश गम्भीर संकटतर्फ जाँदैछ । हामीले प्राप्त गरेका उपलब्धिहरू गुम्दैछन् र राज्यकै अपराधीकरण भइसकेपछि नागरिकको जीवनरक्षा कसरी हुन्छ ? यो विषयमा जनतालाई सुसूचित गरिदिनुहोस्,’ डा. भट्टराईले भने ।
उनले जाहेरी नलिइकन मुद्दा चलाउन सक्ने भएपनि प्रहरीले त्यसो नगरिएको समेत बताए । उनले राज्य नै संलग्न भएर अपहरण भएको भन्दै घटना अझ गम्भीर बनेर गएको बताएका छन् ।
ओलीतन्त्रले राज्यको कानून, संविधान सबै मिचेको भन्दै सबैलाई आतंकित पारेको उनले बताए । डा. सुरेन्द्र यादवले प्रहरीले जाहेरी लिन आलटाल गरेको भन्दै आफूहरूले कानूनी उपचार खोज्ने प्रतिक्रिया दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।