आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

घरघरबाट फोहोर उठाउने सफाइकर्मीमा कोरोना संक्रमण पुष्टि, वीरगञ्जमा त्रास

घरघरबाट फोहोर उठाउने सफाइकर्मीमा कोरोना संक्रमण पुष्टि, वीरगञ्जमा त्रास

  • आइतवार, बैशाख १४ २०७७

  • 4.0K
    SHARES

  • वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा घरघरबाट फोहोर संकलन गर्ने सफाइकर्मीका नाइकेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आईतबार देखिएका २ जना संक्रमितमध्ये १ जना सफाइकर्मी रहेको पाइएको छ । आईतबार थपिएका २ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । वीरगञ्जको ३ नम्बर वडामा सफाइकर्मीका नाइके भएका कारण उनी बिहानैदेखि सरसफाइको काममा निस्कने गरेका थिए । उनीको मातहत १५ जना सफाइकर्मीले सरसफाइको काम गर्ने गरेको महानगरपालिकाले जनाएको छ । आईतवार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने सफाइकर्मीमा कोरोना भेटिएको सर्वसाधारणमा त्राससँगै सतर्कता अपनाउनुपर्ने भएको छ । ३ नम्बर वडाको छपकैया घर भएका ती सफाइकर्मीमा कोरोना भाइरस संक्रमणको कुनै पनि लक्षण देखिएको थिएन । शुक्रवार छपकैया पोखरीमा वडाध्यक्ष बैजु स्वर्णकारसहित १५ जनाको थ्रोट स्वाब संकलन गरिएको थियो । जसमध्ये वडाका सफाइ नाइकेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले छपकैया क्षेत्रमा र्‍यापिड टेस्ट मात्रै गरेर नहुने दाबी गरेका छन् । त्यस क्षेत्रका शंकास्पद व्यक्तिको थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट नै परीक्षण गराउनुपर्ने उनको माग छ । वीरगञ्जमा उपचार गराइरहेका ३ जना भारतीय जमाती र १ जना रौतहटका १९ वर्षीय युवक आईतबार कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०१:२०:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend