आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई पदबाट हटाउन कोटेश्वरमा नेकपा नेताको बैठक, बालुवाटारमा जुर्मुरायो !

केपी ओलीलाई पदबाट हटाउन कोटेश्वरमा नेकपा नेताको बैठक, बालुवाटारमा जुर्मुरायो !

  • आइतवार, बैशाख १४ २०७७

  • 4.7K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गृहकार्य सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र तीब्र रुपमा अगाडि बढेको छ । आईतबार नेता नेपाल निवास कोटेश्वरमा ओलीलाई पदबाट हटाउने विषय छलफल भएको छ भने प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा पद जोगाउने रणनीतिबारे छलफल भएको छ । बालुवाटारमा ओली निकट नेता सुवासचन्द्र नेम्बाङ, विष्णु रिमाल, शंकर पोखरेल लगायतका नेताहरूको गोप्य जमघट भएको छ भने कोटेश्वरमा वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको जमघट भएको छ । वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा ८ जनाभन्दा बढी स्थायी कमिटी सदस्यले छलफल गरेका छन् । यसअघि उपाध्यक्ष वामदेव गौतम निवास भैंसेपाटीमा भएको नेकपा सचिवालयका बहुमत सदस्यको बैठकले नेता नेपाललाई प्रधानमन्त्री बनाउने समझदारी गरिसकेकाले उनी आन्तरिक गृहकार्यमा जुटेका छन् । सरकारको अध्यादेश प्रकरणपछि पार्टी स्थायी कमिटीको बैठक माग गरेपनि अध्यक्ष ओलीले बैठक नबोलाउने सन्देश दिएपछि नेपाल समूहले कसरी अघि बढ्ने भनेर छलफल गरिरहेको छ । गत बुधवार स्थायी कमिटी बैठक माग गर्दै नेपाल पक्षका २० जना स्थायी समिति सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए । हस्ताक्षरकर्तामा अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण विष्ट, बेदुराम भुषाल, भीमप्रसाद आचार्य, भीम रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त र सुरेन्द्र पाण्डे रहेका छन् । पूर्व माओवादी समूहका चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडल, पम्फा भुषाल, मणि थापा, मातृका यादव, लिलामणि पोखरेल र हरिबोल गजुरेलले समेत बैठक माग गरेका छन् । नेकपाको विधानमा जुनसुकै कमिटीमा पनि एकतिहाइ सदस्यले बैठकको माग गरे बोलाउनुपर्ने व्यवस्था रहेको छ । तर अध्यक्ष ओली तत्काल बैठक नबोलाउने पक्षमा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०१:०२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend