आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले २ लाख मान्छेको मृत्यु

कोरोनाले २ लाख मान्छेको मृत्यु

  • आइतवार, बैशाख १४ २०७७

  • 3.4K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीले संसारभर ज्यान जानेको संख्याका शनिवार २ लाख नाघेको छ । आईतवार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजारभन्दा धेरै छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार निको भएका छन् । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र एकचौथाईभन्दा बढी अर्थात् ५३ हजार ५ सयभन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या ९ लाख ३६ हजारभन्दा बढी छ । अमेरिकापछि इटालीमा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने स्पेनमा मृतक संख्या करीब २३ हजार पुगेको छ । फ्रान्समा २२ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने बेलायतमा २० हजार ३ सयले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमण विश्वका लगभग सबैजसो देशमा भेटिएको छ । कोरोना संक्रमणका कारण पहिलो मृत्यु भाइरस उद्गमस्थल वुहानका ६१ वर्षीय पुरुषको ११ जनवरीमा भएको थियो भने अमेरिकाले २९ फेब्रुअरीमा पहिलो पटक वासिङ्टन राज्यका एक पुरुषको मृत्यु भएको घोषणा गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १४ २०७७०२:३३:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend