आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्थानीय सरकारको पहलमा घर फर्किन पाउँदा खुसी भए नागरिक

स्थानीय सरकारको पहलमा घर फर्किन पाउँदा खुसी भए नागरिक

  • शनिवार, बैशाख १३ २०७७

  • 5.0K
    SHARES

  • सिन्धुली– विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देश लकडाउनमा छ । सरकारले महामारीलाई नियन्त्रण गर्न तथा यसबाट सुरक्षा अपनाउन लकडाउन घोषणा गरेको एक महिना बढी भैसक्यो ।

    चैत १० गते राती एक्कासी लकडाउनको घोषणा गरेसंगै उपत्यका बाहिरका लाखौं मजदुर, विद्यार्थी र सर्वसाधरण काठमाडौंमा नै बन्धक बने । नोकरी गरेर छाक टार्ने परिवार देखि लिएर कोठा भाडामा बस्ने विद्यार्थीहरु समेत समस्यामा परे । राजधानीमा खान र बस्न सक्ने अवस्था नभएपछि लाखौं मजदुर तथा विद्यार्थी रातदिन हजारौं किलोमिटरको पैदलबाटै आफ्नो घर जान बाध्य भए । अहिले देशका विभिन्न स्थानीय सरकारले आफ्ना क्षेत्रका नागरिकलाई उपत्यकाबाट गाडिको व्यवस्था गर्दै घर फर्काउने व्यवस्था गरिरहेका छन् । सिन्धुली तिनपाटन गाउँपालिका वडा नं ४ का विनोद दुलाल भन्छन् — ‘लामो समय उपत्यकामा विभिन्न समस्या झेल्दै दिनकाटेका हामी एक मिहिना पछि गाउँ घर फर्किन पायौं । फेसबुक र टिभीमा मजदुरहरु पैदलनै घर फर्केकोे तस्बिर देखेपछी ढिलोचाँडो हाम्रो हालत पनि यस्तै होला भन्ने लागेको थियो । अहिले उक्त त्रासबाट मुक्त भएका छौं ।’ राजधानीमा अलपत्र परेका मदजुर, विद्यार्थी तथा सर्वसाधरणलाई तिनपाटन गाउँपालिकाले धमाधम आफ्नो गाउँघर फर्काउन थालेको छ । गाउँपालिकालेनै आर्थिक खर्च व्यहोर्ने गरी गाडिको व्यवस्थासहित नागरिकलाई गाउँ ल्याएको हो । तिनपाटन गाउँपालिकाको अनुसार — ‘काठमाडौंमा अलपत्र परेका सर्वसाधरणलाई नौ वटा बसको व्यवस्था गरी ६५८ जनालाई सिन्धुली ल्याईएको छ । गाउँपालिकाको वडा नं ३ झार्लङटारमा पालिका बाहिरबाट आएका नागरिकको स्वास्थ्य जाँच गरेपछि मात्रै घर पाठाउने गरिएको छ । उपत्यकाबाट आएका सर्वसाधरणहरु १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने विषयलाई गाउँपालिकाले अनिवार्य बनाएको छ । त्यसपछि स्वास्थ्यमा केही समस्या देखिए थप परिक्षण तथा उपचार गरिने व्यवस्था गाउँपालिकाको छ ।’

    तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापाले यो आफ्नो कर्तव्य भएको बताउँदै यस्तै समस्यामा परेको कोही हुनुहुन्छ भने गाउँपालिकामा सम्र्पक गर्न समेत अनुरोध गरे। ढिलै भएपनी स्थानीय सरकारको सहयोगमा घर आउन पाउँदा स्थानीय खुसी छन् । पिठ्युमा बच्चा बोकेकी एक महिला भन्दै थिइन गाउँ आउन पाइयो यसैमा खुशी छु । अब त साग मात्रै खाएर भएपनि बाचिँने आत्मबल जागेको छ । बिना खर्चमा सजिलोसंग आउन पाइयो यसमा झन् खुसी छु । नागरिकहरुमा मनोवैज्ञानिक त्रास बढ्दै जाँदा आफ्नो नागरिकलाई सहज व्यवस्थापन गर्न केन्द्र सरकारबाट उपायसहितको निर्देशन आउने अपेक्षा थियो गाउँपालिका अध्यक्ष कर्ण थापा भन्छन्, — त्यो नपाएपछि उपत्यकामा राजनीतिक र सामाजिक क्षेत्रमा रहनुभएका साथीहरूसँग समन्वय गरेर आफ्ना नागरिक ल्याएका हौं ।

    जनतालाई समस्या परेको महसुस गरेपछी हामीले कुनै यात्रुको पनि भाडा नलिने निर्णयका साथ गाडीधनी र चालक सँग समन्वय गरेर काठमाडौं पठाएका थियौं र त्यही अनुसार तिनपाटनका नागरिक आफ्नो घर फर्किएको थापाले जानकारी दिए।

    अध्यक्ष थापा भन्छन्, ‘आफ्नो गाउँपालिकाको जनताको करबाट संचालन भएको सरकारले अप्ठ्यारो परेको समयमा आफ्ना नागरिकलाई निशुल्क घर ल्याउने सेवा गर्न पाउँदा हामी पनि खुसी भएका छौं । सम्पूर्ण तिनपाटनबासी आफैंले तिरेको करको पैसाले घर आए त्यसैले यो खर्च गाडीलाई गाउँपालिकाले दिन्छ । यस कार्यमा जनप्रतिनिधिको भुमिका भनेको सम्पर्क गरेर आफ्ना नागरिक ल्याउने मात्र हो ।’

    एकसय ५० भन्दा बढी गाउँपालिकाको सम्र्पकमा आएका पोखरामा रहेका नागरिकलाई लिन तिनपाटन गाउँपालिकाले आज तीनवटा बस पोखरा पठाएको छ ।

    तिनपाटनको तीन नम्बर वडाअध्यक्ष लाल बहादुर स्याङतानले काठमाडौंमा बाँकी रहेका आफ्नो वडाका नागरिकलाई उनिहरु बसिरहेको घरमानै राहत स्वरुप खाद्यान्न पठाएका बताए। हालसम्म ५७ परिवारलाई खाद्यान्न उपलब्ध गराएकाको जानकारी समेत उनले जानकारी दिए। काठमाडौं लगायत अन्य क्षेत्रमा पेशा, तथा व्यवसाय गर्न पुगेका नागरिकहरुलाई ल्याउने तयारीको विषयमा गाउँपालिकाले छलफल गरिरहेको छ । रासस

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १३ २०७७११:५३:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend